Author: Dr. Badri Pokhrel Co-authors: P. Dev Prasad Pant Publisher: Tikaram Panta Publication Year: 2077 ISBN: 978–9937–0–7291–5 Edition: 2077Language: NepaliPages: 352
आह्वान
व्यक्ति, वातावरण र परिवेशलाई मानवीय मूल्य अनुसार अनुकूल
बनाउने काम समाजको हो र पनि, समाजलाई न्याय, नीति, नैतिकता
जस्ता सुन्दर सामाजिक पक्षहरूले सिगार्ने व्यक्तिले नै हो । यसैले समाज
र व्यक्तिको सम्बन्ध शब्द र अर्थको जत्तिकै अविभेद्य छ ।
व्यक्ति र समाजलाई सदाचार, मर्यादा, सामाजिक आदर्शका
पाठ सिकाउने ग्रन्थ पूर्वीय दर्शनका वेद, उपनिषद, पुराण, महाभारत,
रामायण आदि नै हुन् । ती ग्रन्थहरु संस्कृतमा लेखिएका र संस्कृत
सर्वसाधारणलाई बुझ्न कठिन हुने भएकोले ग्रन्थमा भएका महत्वपूर्ण
विषयहरू ओझेलमा पर्दै गएको प्रतीतहुँदै आएको छ । यो समस्याको
समाधानगर्न वेद पुराण जस्ता आध्यात्मिक पूर्वीय चिन्तन धारा भएका
गन्थहरूलाई नेपालीमा अनुवाद गरेर सर्वसाधारणको पहूँचमा ल्याउने उद्देश्यले
“धार्मिक पुस्तक प्रकाशन तथा व्यवस्थापन समिति” गठन गरी समितिको
माध्यमबाट संस्कृतमा लेखिएका पूर्वीय चिन्तनहरू सरल नेपाली भाषामा
प्रकाशन गर्ने प्रयासगर्न लागेको सूचनागर्न पाउँदा समिति गौरवान्वित
भएको छ । समितिले १८ वटा महापुराणहरूलाई नेपालीमा अध्यायगत
सारांश लेखेर प्रकाशनगर्न आरम्भ गरिसकिएको सन्दर्भमा यस अघि विभिन्न
उदारमना महानुभावहरूको सहयोगमा श्रीअग्निमहापुराण, श्रीमार्कण्डेयमहापुराण,
श्रीवामनमहापुराण र श्रीशिवमहापुराणको नेपालीमा अध्यायगत सारांश र
सरल नित्यकर्म सुधा प्रकाशित गरिसकेको छ भने श्रीगरुडमहापुराणको
सारांश प्रेसमा पठाइसकेको छ । यसैगरी अन्य महापुराणहरूको पनि अध्यायगत
सारांश तयार भइसकेका छन् । तयार भइसकेका पुराणहरू प्रकाशनको
चरणमा भएको यथार्थ पनि सम्पूर्ण पाठक, शुभ चिन्तक र अध्यात्मप्रेमी
महानुभावहरूमा समिति अवगत गराउँदछ ।
यो शुभकार्यमा संलग्न भई समाजमा नैतिकता सामाजिक
सद्भाव र बन्धुत्व कायमगर्न पुस्तक प्रकाशनको माध्यमले सहयोगगर्न
चाहनु हुने स्वदेश तथा विदेशमा रहनुभएका दाता र शुभ चिन्तकहरूमा
समिति विशेष अनुरोध पनि गर्दछ ।
Unlock PDF Access
Please provide your details to read this book online (one-time only)