धर्म, ज्ञान र मानवताको सेवामा तपाईंको सहयोग आवश्यक छ।
“१ करोड गीता दान महाअभियान” अन्तर्गत विश्वभर गीता ग्रन्थ निःशुल्क वितरण गर्दै
आध्यात्मिक चेतना, नैतिक शिक्षा र सनातन संस्कृतिको प्रचार–प्रसार गर्ने हाम्रो लक्ष्य हो।
गीता केवल ग्रन्थ मात्र होइन, जीवन जिउने कला हो।
तपाईंको सानो योगदानले पनि ठूलो परिवर्तन सम्भव छ।
दान किन ?
विश्व विराट ज्ञान आश्रमधामको मूल उद्देश्य वा परिकल्पनानुसार एक करोड गीता दान महाअभियान सञ्चालन पश्चात् वैदिक शास्त्रमा भएका विस्तृत शास्त्र तथा अमूल्य ग्रन्थहरू खोजी गरी सर्वसुलभ भाषामा पालैपालो गरी प्रकाशन तथा निःशुल्क समेत वितरण आदि सर्वसुलभ भाषामा पालैपालो गरी प्रकाशन तथा निःशुल्क समेत वितरण आदि कार्यमा तदारुकताका साथ पहिला चालेको छ। यसका निमित्त हाल तयारी अवस्थामा रहेको अठार महापुराणका अठारौँ कृति, विभिन्न भगवत् चालीसाहरू, रामायण, महाभारत, चारै वेद, संहिता, ब्राह्मण ग्रन्थ, आरण्यक ग्रन्थ र उपनिषद्का ग्रन्थहरू खोज अनुसन्धान गरी प्रकाशनले निरन्तरता पाइरहनेछ। अतः: सहभागिताको लागि सबैलाई खुला आह्वान गरिन्छ।
अन्य आध्यात्मिक पुस्तकका लागि इच्छुक लेखक तथा सम्पादकहरूले सम्पर्क गर्न सक्नुहुने छ।
तयारी पुस्तक तथा नयाँ पुस्तक प्रकाशनमा इच्छुक व्यक्तिहरूले सम्पर्क गर्न सक्नुहुने छ।
धार्मिक ग्रन्थ अध्ययन गर्न इच्छुक महानुभावहरूले सम्पर्क गर्न सक्नुहुने छ। शुभकार्यका निमित्त दान-दातव्यका लागि इच्छुक महानुभावहरूले सम्पर्क गर्न सक्नुहुने छ। साथै संकल्प दान वचन कर्म गर्नका लागि समेत सम्पर्क गर्न सकिने छ। (नवम् अध्याय) २०८३ यो पर्चा विश्व विराट ज्ञान आश्रम को शास्त्रदान महादान अभियानसँग सम्बन्धित छ। यसले एक करोड गीता दानपछि वैदिक शास्त्रहरू (महापुराण, भगवत् चालीसा, रामायण, महाभारत, वेद, उपनिषद् आदि) को खोज, अनुसन्धान, सरल नेपाली भाषामा प्रकाशन र निःशुल्क वितरणमा जोड दिएको छ। यो अभियानमा सहभागी हुन, लेखक/सम्पादक बन्न, पुस्तक प्रकाशनमा सहयोग गर्न, अध्ययन गर्न वा दान गर्न इच्छुकहरूलाई खुला आह्वान गरिएको छ।
यो मानव मात्रका लागि अति उत्तम तथा आध्यात्मिकताले ओतप्रोत सनातन संस्कार पद्धतिको सूक्ष्म अध्ययन र अनुशरण गर्न/गराउनका लागि सञ्चालन गरिएको एक स्वच्छ संस्था हो।
मानवको अन्तिम तथा परम लक्ष्य मोक्षप्राप्त महापुरुषहरूको ग्रहण तथा धारण योग्य दिव्यवाणी सहज बुझाइका साथ मनन गर्न कै निमित्त यथार्थपरक व्याख्यासहित मूल श्लोकादि मन्त्रवाणीहरू प्रसारण गरी ईश्वरीय अनुकम्पाको आभाष दिलाउनु नै यस संस्थाको मुख्य लक्ष्य हो। साथै दान पुण्यको अभ्यास पनि यसको लक्ष्य हो। यसै अन्तर्गत एक करोड गीता दान महाअभियान सञ्चालित छ।
यद्यपि शास्त्र ईश्वरीय वाणी हो र यो कहिल्यै पनि कुनै एक सम्प्रदायको सेवा भएर रहेन। यो त विश्व-मनुष्यको धरोहर हो। सबै मानव पृथ्वी ग्रहका कुटुम्ब हुन्। अतः यस संस्थाले कलह-परम्पराले पीडित विश्वका सम्पूर्ण मानवलाई शान्ति प्रदान गर्ने यस्ता महान् वाणीको मूलसहित यथार्थ व्याख्या प्रसारण गर्ने जमर्को गर्दछ।
त्वदीय वस्तु त्वमेव समर्पये जगत्प्रसिद्ध ईश्वरलाई समर्पण गर्ने उपदेशात्मक वाक्यांशलाई हृदयङ्गम गर्दै सबैलाई यस संस्था मार्फत विशेष गरी अक्षयकोष दान, दान दातव्यका लागि आह्वान गर्दछ। विशेष गरी अक्षयकोष दान, अन्नदान, श्रमदान आदि सबै प्रकारका दान पद्धतिहरू अवलम्बन गरिन्छ।
तपाईं कसरी दान गर्न सक्नुहुन्छ?
तपाईं तल दिइएको माध्यमबाट दान गर्न सक्नुहुन्छ:
बैंक विवरण
बैंकको नाम: Rastriya Banijya Bank Limited
खाता नाम: VISHWO VIRAT GYAN ASHRAM
खाता नम्बर: 1420100006151001
SWIFT CODE: RBBANPKA
QR कोड मार्फत
गीता ग्रन्थ छपाइ तथा वितरण
विद्यालय, आश्रम, मठ–मन्दिरमा निःशुल्क वितरण
आध्यात्मिक कार्यक्रम तथा ज्ञान अभियान
युवामा नैतिक र संस्कारिक शिक्षा प्रवर्द्धन
तपाईंको योगदानले कसैको जीवनमा शान्ति र आशा दिन सक्छ।
आजै धर्म र मानव सेवामा सहभागी बन्नुहोस्।