Vishwo Viraat Gyan Ashram is a spiritual, educational, and cultural institution dedicated to the promotion of universal knowledge, Vedic wisdom, moral values, and global harmony. The Ashram works to awaken inner consciousness, encourage righteous living, and spread peace through education, research, publication, and social service.
The Ashram brings together scholars, spiritual leaders, educators, and social workers from Nepal and abroad to promote dharma, humanity, and global unity. Its mission is to connect ancient wisdom with modern life for the upliftment of individuals and society.
विश्व विराट ज्ञान आश्रम हामीले विगत ४ वर्षदेखि धार्मिक पुस्तक प्रकाशन एवं वितरण समिति गठन गरेर धार्मिक पुस्तक छपाई र वितरणको काम गर्दै आएका थियौं। उक्त समिति मार्फत गर्दै आएको कामलाई व्यवस्थित रूपले अगाडि बढाउनको लागि वर्तमानमा “विश्व विराट ज्ञान आश्रम” नामक आध्यात्मिक एवं धार्मिक संस्था २०५० फाल्गुन ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट दर्ता नं. ३२९९८७/०५०/०५१ मा विधिवत् दर्ता गरी सञ्चालनमा ल्याएका छौं। अतः आजदेखि यस आश्रमसँग जोडिएर पुण्यार्जन गरी आफ्नो चैतन्य कल्याणको ढोका खोल्नुहोस् र मनमा शान्ति र आरोग्यता प्राप्त गरेर असल जीवन जिउने कला सिक्नुहोस्।
आश्रमका मुख्य उद्देश्यहरू निम्नानुसार रहेका छन् -
१) वैदिक सनातन धर्मको संरक्षण र संवर्द्धनको लागि वेदलगायत सम्पूर्ण धार्मिक ग्रन्थहरू सरल नेपाली भाषामा अनुवाद गरी प्रकाशन र वितरण गर्ने।
२) देशका आवश्यक स्थानहरूमा वैदिक गुरुकुल (विद्यालय) स्थापना गरी गुरुकुलीय शिक्षाको पुनरुत्थान गर्ने।
३) गुरुकुलमा वेद अध्ययन गराउँदा पनि प्रयोगात्मक विधि अवलम्बन गरेर ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, आयुर्वेद, स्थापत्यवेद, गान्धर्ववेद, धनुर्वेद र यजुर्वेद समेतका ग्रन्थहरू खोजेर अध्ययन र अध्यापन गराउने व्यवस्था गर्ने।
४) सेवाबाट वञ्चित असक्त र असहाय वृद्ध वृद्धाको लागि वृद्धाश्रम स्थापना गरी सेवा विस्तार गरेर मानवीय धर्मको पालन गर्न पूर्ण जिम्मेवारीका साथ लाग्ने।
५) भगवान् कृष्णको हृदयबाट प्रकट भई सृष्टि प्रारम्भ भएपछि चल्दै आएको वेद र वैदिक सनातन धर्मको मूल उद्देश्य वसुधैव कुटुम्बकम् भएको हुनाले विश्वका सबै जाति जाति र धर्म सम्प्रदायका मानिसलाई एउटै सूत्रमा उनेर यही मूलधर्मको माध्यमबाट विश्वमा विभिन्न माध्यमहरू परिचालन गर्दै जाने।
६) आश्रममा शास्त्रार्थ र सत्सङ्गसँगै धर्मशास्त्रहरूको समालोचनात्मक दृष्टिले अध्ययन र अनुसन्धान गरी विश्व कल्याणको लागि प्रकाशनमा आएका ज्ञान र विज्ञानले भरिपूर्ण तर धार्मिक ग्रन्थको नामले चिनिने ग्रन्थहरूको यथार्थ रूपलाई उजागर गर्ने।
७) मानिस जन्मले मात्र ब्राह्मण हुँदैन व्रतबन्ध आदि कर्म गरेर जुनसुकै जातिका महिला वा पुरुषले वेद पढेर ब्राह्मण हुनसक्छन् भन्ने कुरा वेदले नै स्पष्ट पारेको छ। यस कुरालाई सम्प्रेषण प्रचार प्रसार गर्ने गराउने।
आश्रमले गर्न सुरु गरेका कामहरू मध्येको एक काम गीतादान महाअभियान -
१) भगवान् कृष्णले मुखारविन्दबाट आफ्ना महान् शिष्य अर्जुनलाई उपदेश स्वरूप प्रदान गरिएको श्रीमद्भगवद्गीता विश्वकै सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ। यो ग्रन्थ नै संसारका सबै भन्दा बढी भाषाहरूमा अनुवाद भएर छपाइएको छ। यो ग्रन्थ नै संसारका सबै ज्ञान र ग्रन्थहरूको मूल स्रोत हो। यस्तो संसारलाई प्रियग्रन्थ नेपालका राजनीतिकर्मी र सर्वसाधारणले पनि मूल पढ्ने अवसर पाए भने देशमा विकाससँगै शान्ति र सुव्यवस्था कायम गर्नसक्ने छन् भन्ने विचार गरेर गीतादानको अभियान चलाइएको हो।
२) सात्विक आचार विचारमा रही एक करोड गीतादान महाअभियानमा सहभागी भएर गीतादान गर्दा आफ्ना पितृहरूको उद्धार हुने र सन्ततिहरूको भविष्य पनि उज्ज्वल हुने कुरालाई आत्मसात गरेर हामीले यो महान् कार्यको थालनी गरेका छौं। यस कामको जानकारी पाएर केही महानुभावहरू जोडिँदै आउनुभएको छ। हजुरहरूलाई पनि यस महाअभियानमा जोडिनको लागि हार्दिक अनुरोध गर्दछौं।
३) हामीले एक करोड गीतादान महाअभियान सञ्चालन गरेर अहिलेसम्म करिब लाखौं गीता गुट्टिका छपाई गरी वितरण गरिसकेका छौं।
आश्रमले अन्य धार्मिक ग्रन्थहरू पनि छपाई वितरणसँगै गर्दै आएको छ -
१) डा. बद्री पोखरेलद्वारा सरल नेपाली भाषामा अध्यायगत सारांश उल्लेख गरेका १८ वटै महापुराणहरू प्रकाशन गरी देशभरिका गुरुकुल र आश्रमहरूमा निःशुल्क गरी वितरण गरिसकेको छ।
२) यस्तै गरी पं. वेदप्रसाद पन्थ र उद्धवकुमार चिमिरे द्वारा लिखित धार्मिक एवं अन्वेषणात्मक कृति र शालिकराम उपाध्याय चिमिरे द्वारा लिखित भजनमाला आदि पुस्तक प्रकाशन गरी निःशुल्क र सशुल्क पनि वितरण भइरहेका छन्।
३) काठमाडौं भुवनेश्वरी मन्दिर कलंकी र नेपालगञ्ज वाँके, कपिलवस्तु न.पा. वडा नं. ३, रामजानकी मन्दिर गरी तीनवटा गुरुकुल (विद्यालय) सञ्चालनको लागि पूर्ण तयारी गरिएको छ।
४) एक करोड गीतादान महाअभियानको कार्यक्रमलाई निरन्तरता दिनको लागि यस अभियानका अभियन्ताहरू सक्रियताका साथ लागिरहनुभएको छ।
५) हालै गत २०८१ भाद्र २८ देखि असोज ३ गतेसम्म ९ दिन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ सम्पन्न गरिएको छ।
यस आश्रमको लागि खुशीको कुरा काठमाडौं भक्तपुरमा १.५ रोपनी र नेपालगञ्ज वाँकेमा ४ कठ्ठा जमिन प्राप्त गरिसकेको छ।
यो सामग्री विश्व विराट ज्ञान आश्रम को परिचय, उद्देश्य, गतिविधि (विशेष गरी एक करोड गीतादान महाअभियान र अन्य धार्मिक प्रकाशन/गुरुकुल स्थापना) बारे विस्तृत जानकारी दिने प्रचार सामग्री हो।
यसले वैदिक सनातन धर्म, गीता प्रसार, गुरुकुल शिक्षा र सेवा कार्यमा जोड दिन्छ। यदि तपाईंलाई यस संस्थाको बारे थप जानकारी (जस्तै सम्पर्क, वेबसाइट वा हालको स्थिति) चाहिन्छ भने, उल्लेखित इमेल (Vishwoviraatgyanashram@gmail.com) मा सम्पर्क गर्न सकिन्छ। गते
तपाईं तल दिइएको माध्यमबाट दान गर्न सक्नुहुन्छ:
बैंक विवरण
बैंकको नाम: Rastriya Banijya Bank Limited
खाता नाम: VISHWO VIRAT GYAN ASHRAM
खाता नम्बर: 1420100006151001
SWIFT CODE: RBBANPKA
QR कोड मार्फत
|