विश्व विराट ज्ञान आश्रम, १ करोड गीता दान महाअभियान श्रीमद्भागवत महापुराण जारी
Category: Blog
विश्व विराट ज्ञान आश्रम, १ करोड गीता दान महाअभियान श्रीमद्भागवत महापुराण जारी
Posted on: 24 Jan 2026
Category: Blog
No File
काठमाडौं । ऐतिहासिक श्रीमद्भागवत महापुराण विराट् महायज्ञ जारी रहेको छ । आज २९ गते शनिवार उक्त महायज्ञ सञ्चालनको पाँचौ दिन हुँदैछ ।
भदौ २८ गते चौथो दिन सन्तद्वारा प्रेरणादायिक वैज्ञानिक प्रवचनबाट आरम्भ गरी देश तथा विदेशका ख्याति प्राप्त प्रेरक वक्ताहरुद्धारा विशेष व्याख्यान हुने यस यज्ञ कार्यक्रमलाई परमात्माको कृपानुभूतिले निरन्तरात पायो । वैदिक सनातन धर्मका निमित्त सप्ताहव्यापी रुपमा आश्रम तथा विराट् गुरूकुल, शास्त्र अध्ययन अनुसन्धान, एक करोड गीता दान महाअभियान र जेष्ठ नागरिक गृहसमेत सञ्चालनार्थ संकल्पद्वारा स्थानीय भक्तहरुको सहयोग तथा सहभागितामा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलज्यूको नेतृत्वमा मन्दिर प्राङ्गण भावपूर्ण आवाजमा प्रवचन भयो ।
चौथो दिन पनि सदा झै केही दानवीर महानुभावहरुबाट ईश्वरको प्रेरणाले आश्रम र महापुरणका लागि जिन्सी लगायत रकम आदि प्राप्त भयो । दान स्वरुप प्राप्त हुनेमा जशोदादेवी घिमिरेबाट तीन लाख एघार हजार एकसय एघार, सरलादेवी धमलाबाट रुपियाँ एकलाख, अभियान घिमिरेबाट रुपियाँ एकाउन्न हजार, प.वेदप्रसाद पन्थबाट रुपियाँ एकलाख साठी हजार, गगनप्रसाद पन्थबाट रुपियाँ एकलाख तथा गोपाल भवेश्वर पन्थबाट रुपियाँ दुईलाख प्राप्त भएको जानकारी गराइयो ।
भागवत्का बीच बीचमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजनहरुका साथै साधु, सन्तहरुको उल्लेखनीय उपस्थिति थियो । राष्ट्रिस्तरका व्यक्तित्व लगायत विभिन्न क्षेत्रका कलाकारहरु पनि यज्ञमा सहभागी भएका थिए । यस शोभामय महायज्ञ आउँदो भदौ ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।